२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक कूटनीति प्रभावकारी तुल्याउन परराष्ट्र मन्त्रालयद्वारा आयोजित तीनदिने छलफल कार्यक्रम सम्पन्न

अ+ अ-

काठमाडौँ । आर्थिक कूटनीतिसम्बन्धी नियोगका कार्यक्रमहरूलाई नतिजामुखी बनाउन नेपालको निर्यात व्यापार प्रवद्र्धनमा लक्षित बनाउँदै सरोकारवाला सबै निकायहरूबीच प्रभावकारी समन्वय तथा सहकार्य गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले नेपाली निर्यातजन्य वस्तु निकासी गर्ने उद्यमी व्यवसायी र विदेशस्थित नेपाली नियोग प्रमुख तथा अन्य कर्मचारीसँग आयोजना गरेको तीनदिने अप्रत्यक्ष कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालको निर्यात व्यापार प्रवद्र्धनमा व्यवसायीहरू एवम् नेपाली नियोगलगायत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको भूमिकाका साथै नेपालको हाल निर्यातको अवस्था, आगामी लक्ष्य र त्यसमा नेपाली नियोगहरूसँग गरिएको अपेक्षाबारे छलफल भएको थियो । यसैगरी विदेशमा नेपाली निर्यातजन्य वस्तुहरूको बजारको सम्भाव्यता, त्यसका लागि निर्यात व्यवसायी महासङ्घबाट तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रबाट गरिएका अपेक्षाका सम्बन्धमा पनि छलफल भएको थियो ।

कार्यक्रमबाट नेपाली नियोग र नेपाली निर्यातजन्य वस्तुका उत्पादक तथा व्यापारीहरूसँगको समन्वय, सहकार्य र सूचना आदानप्रदानमा अभिवृद्धि भई आगामी दिनमा नेपालको निर्यात वृद्धिमा सघाउ पुग्ने विश्वास मन्त्रालयको रहेको परराष्ट्र प्रवक्ता सेवा लम्सालले बताए । भविष्यमा पनि मन्त्रालयले विदेशस्थित नेपाली नियोगहरू र नेपालको व्यापार, लगानी तथा पर्यटन व्यवसायसँग सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र÷व्यक्ति तथा अन्य सरोकारवालाहरूबीच विभिन्न चरणमा नियमित छलफल गराउने उनले बताए ।

परराष्ट्र सचिवको उपस्थितिमा भएको कार्यक्रममा विदेशस्थित नेपाली नियोग प्रमुखलगायत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका प्रतिनिधि, तथा निर्यात व्यवसायी महासङ्घ र विभिन्न वस्तुगत महासङ्घका प्रतिनिधि र निर्यात व्यवसायीहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस