२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडकले ल्याएको खुसी

अ+ अ-

बागलुङ । “यस्तो भिरपाखामा मोटर आउला भन्ने सोँचेका थिएनौँ”, जैमिनी नगरपालिका–७ जैदी, बोरका ७५ वर्षीय नैनसिंह रानाले भने– “बुढ्यौलीमा विकास देख्न पाइयो ।” विकासबाट वञ्चित बोर गाउँ सडकसँग जोडिएपछि गाउँभरि खुसी छाएको छ । मङ्गलबार बोर पुगेका जिप, ट्र्याक्टर, मोटरसाइकलाई गाउँलेले बाजागाजासहित स्वागत गरे ।

गाउँमा मोटर आएको अवसर छोपेर स्थानीयवासीले ‘खुसियाली कार्यक्रम’ को आयोजना गरेका थिए । मोटर चढेर गाउँ पुगेका अतिथिलगायत सवारी चालकलाई गाउँलेले फूलमालाले सम्मान गरे । दिनभरजसो नौमती बाजामा नाचगान गरेर स्थानीयवासीले ‘उत्सव’ नै मनाए । ९१ घरधुरी रहेको बोर गाउँमा गत महिनामात्र सडक पुगेको थियो । कुश्मीसेरा–सर्कुवा–बिनामारे–अर्जेवा–जैदी–छिस्ती कृषि सडकअन्तर्गतको एउटा खण्ड बोर गाउँमा पर्छ ।

जैदीकै पाहाकोटसम्म गत वर्ष नै मोटर गुडे पनि पाँच किमी टाढाको बोरसम्म सडक पुग्न एक वर्ष लाग्यो । “पारि गाउँमा मोटर गुडेको हेरेर चित्त बुझाउँथ्यौँ”, स्थानीयवासी जङ्गबहादुर रानाले भने– “अहिले त बोर गाउँको मुहार फेरियो, विकासको मेरुदण्ड सडक आयो ।” सडकलाई उत्पादन र आर्थिक गतिविधिसँग जोड्नुपर्ने रानाले बताउनुभयो । स्थानीय दीपज्योति आमा समूहकी अध्यक्ष कलावती रानाले बोर गाउँवासीको विकासको सपना पूरा भएको प्रतिक्रिया दिइन् ।

सडकले सदरमुकामसँगको यात्रालाई छोटाएपछि गाउँलेले ठूलो सुविधाको अनुभव गरेका छन् ।

उनले सडकसँगै अन्य विकासका पूर्वाधार निर्माणमा गाउँले एकजुट हुनुपर्ने बताए । सडकले सदरमुकामसँगको यात्रालाई छोटाएपछि गाउँलेले ठूलो सुविधाको अनुभव गरेका छन् । दिनभर हिँडेर पनि नपुगिने सदरमुकाम बागलुङ बजारमा अहिले तीन घन्टामै पुग्न सकिने भएको छ । तत्कालीन जिविसले वर्षौंअघि खन्न सुरु गरेको कृषि सडक बल्लतल्ल बोर गाउँसम्म पुगेको हो । सडक उपभोक्ता समितिका अध्यक्ष लीला रानाले ठूलो मेहनतले सडकलाई जैदीमा छिराएको बताइन् ।

उनका अनुसार सडकलाई छिस्तीसम्म पुर्याउन अझै धेरै काम बाँकी छ । जिल्लाको पश्चिम क्षेत्र सडक सञ्जालमा छिटो जोडिए पनि दक्षिण भेग पछाडि परेको उनको भनाइ छ ।

यस्तै, आर्थिक केन्द्रअन्तर्गतको अर्थ मन्त्रालयबाट प्राप्त २० लाख पनि सडकमा खर्च भइसकेको उपभोक्ता समितिले जनाएको छ । कृषि सडकको बाँकी मार्ग खोल्न आवश्यक बजेट व्यवस्था गरेर समयमै काम पूरा गरिने जिल्ला समन्वय समितिले जनाएको छ । उक्त सडकले जैमिनी नगरपालिकाका अधिकांश वडालाई समेटेको छ ।

कृषि उत्पादनलाई बजारसम्म ल्याउन र अन्य आर्थिक गतिविधिका लागि कृषि सडक महत्वपूर्ण मानिएको छ । सडक पुगेको अवसरमा खुसियाली मनाउन बोर साहित्यिक सङ्गम, दीपज्योति आमा समूह, जनप्रिय युवा क्लब र सयपत्री युवा क्लबले कार्यक्रमको आयोजना गरेका थिए । रासस

0 Comments