काठमाडौँ । गृह मन्त्रालयको प्रवक्तामा सह सचिव फणिन्द्रमणि पोखरेललाई ल्याइएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका पोखरेललाई मन्त्रालयको शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको हो ।
तराईका र पहाड गरी ७ जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका पोखरेलबारे शुक्रवार निर्णय भएको गृहका एक अधिकारीले बताए ।
हालका प्रवक्ता जनकराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा पठाइएको छ ।