साठ्ठी प्रतिशत चिनियाँ ‘वि च्याट’ को भरमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

साठ्ठी प्रतिशत चिनियाँ ‘वि च्याट’ को भरमा


६ बैशाख २०७४, बुधबार


बेइजिङ (एजेन्सी) । चीनमा ६२.४ प्रतिशत वयस्क नागरिकले प्रसिद्ध सन्देश वाहक एन्लिकेसन ‘वि च्याट’ को प्रयोगबाट सन् २०१६ मा पत्रपत्रिकालगायतका अध्ययन सामग्रीको अध्ययन गरेका पाइएको सार्वजनिक एक सवेक्षणले देखाएको छ ।

यो सङ्ख्या सन् २०१५ को तुलनामा १०.५ प्रतिशतले बढी हो । त्यसैगरी सन् २०१६ मा ६८.२ प्रतिशत वयस्क चिनियाँले डिजिटल प्रविधिको प्रयोग गरेको र यो सङ्ख्या सन् २०१५ को तुलनामा ४.२ प्रतिशत बढी भएको सर्वेक्षणले जनाएको छ ।

चीनमा ५८.८ प्रतिशत जनसङ्ख्याले अध्ययनका लागि अझै पनि किताब पढ्ने गरेका छन् र किताबबाट अध्ययन गर्ने जनसङ्ख्यामा पनि अघिल्लो वर्षको तुलनामा सन् २०१६ मा ०.४ प्रतिशत वृद्धि भएको चीनका विभिन्न ५२ सहरमा लिइएको वार्षिक सर्वेक्षणले बताएको जनाइएको छ ।

सर्वेक्षण चाइनिज एकेडेमी अफ प्रेस तथा पब्लिकेसनले सर्वेक्षणले गरेको थियो भने सर्वेक्षणका क्रममा ६६.१ प्रतिशत सहभागीले पत्रपत्रिकाका समाचार पढ्न तथा कतिपय पाठ्यपुस्तक पढ्न पनि आफ्नो मोबाइल फोन प्रयोग गर्ने बताएका थिए ।

अध्ययन सर्वेक्षणमा सन् २०१६ भर प्रतिव्यक्ति २.४६ अमेरिकी डलर अर्थात् १६.९५ चिनियाँ युआन बराबर फोनमा पठ्नीय सामग्रीको अध्ययनका लागि खर्चिएको पाइएको छ ।

सहभागीमध्ये २५.२ प्रतिशत व्यक्ति जसले सर्वेक्षणमा प्रतिक्रिया जनाए, ले मोबाइल फोनमा खर्च गरेर पढ्न (पेड रिडिङ) गर्न रुचाउने बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस