१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको खाद्य सम्प्रभुताको हक सुनिश्चित गर्न माग

अ+ अ-

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घले जनताको खाद्य सम्प्रभुताको हक सुनिश्चित गर्न माग गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै जनताको खाद्य सम्प्रभुताको हकलाई बनेको कानुन अनुसार लागु गर्नु पर्नेमा जोड दिएको छ ।

सङ्घले किसानलाई आवश्यक विउ, मल तथा अन्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न राज्य र सम्बन्धित निकायसँग माग गरेको छ । साथै देशभर बाढी, पहिरो तथा कोभिडको महामारीबाट प्रताडित किसानका लागि विशेष राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन समेत सङ्घको माग छ ।

सङ्घले आज विज्ञप्ति जारी गर्दै प्रत्येक वर्ष धूमधामका साथ किसानहरूमाझ खेतमा रोपाई गर्दै, हिलो खेल्दै, दही चिउरा खाँदै, रोपाई गीत गाउँदै यो पर्व मनाउँदै आएकोमा विशेष परिस्थितिका कारण यस वर्ष फरक रूपमा यो पर्व मनाइएको बताएको छ । १७ वर्ष अघि नेपाल सरकारले यस दिनलाई औपचारिक रूपमा धान दिवसको रूपमा घोषणा गरी विभिन्न कार्यक्रमका साथ मनाउन थालिएको हो ।

नेपालको मुख्य खाद्य वाली धान नेपालको इतिहास, यहाँको सभ्यता र संस्कृतिसँग गाँसिनुका साथै जीवनयापनको अभिन्न अङ्ग रहेको छ । धान दिवस मनाउनुले धानसँग सम्बन्धित विविध विषयलाई उजागर गर्नुका साथै यसको महत्त्वलाई दर्साएको छ । धान खेतीको उत्पत्ति एसियाको हिन्द कुश हिमालयमा भएको र एसियामा खेती प्रणालीसँगै धान खेती भित्रेकोले एसियाली सभ्यता धान खेतीको सभ्यता पनि भनिन्छ । धान केवल खाना वा उपभोग्य बस्तु मात्र नभएर यो संस्कृति, पहिचान र इतिहाससँग गाँसिएको विषय हो । त्यसैले आजको दिन किसानहरूको विशेष दिन हो ।

अखिल नेपाल किसान महासङ्घले उत्पादकत्व वृद्धि, धानका विउमा सुधारका लागि किसानलाई तालिम सञ्चालन गर्नुका साथै धान संस्कृति र रैथाने धानको बिउको संरक्षणका लागि धान बचाऔँ अभियान लगायतका विविध खालका कार्यक्रमहरू सञ्चालन समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस