२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जर्ज फ्लोयडको हत्या आरोपी प्रहरीलाई साढे २२ बर्षको जेल सजाय

अ+ अ-

मिनियापोलिस । अमेरिकाको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकारीलाई साढे २२ बर्षको जेल सजाय तोकिएको छ ।

अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या आरोप लागेका प्रहरी अधिकृत डेरेक चौभिनलाई अदालतले साढे २२ बर्ष जेल सजाय तोकेको हो ।

गत बर्ष सन् २०२० मे २५ तारिखका दिन ती प्रहरी अधिकारीले फ्लोयडलाई आफ्नो घुँडाले घाँटीमा थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो ।

दर्दनाक भिडियोका कारण हत्याका विरुद्धमा अमेरिका भरी आन्दोलन भएको थियो । हत्याको विरोधमा मानवअधिकारकर्मी र अश्वेत पक्षधरहरुले अन्य देशहरुमा पनि केही दिन प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा केही व्यक्तिको मृत्यु समेत भएको थियो ।

हत्याको विवरण प्राप्त गर्नासाथ स्थानीय प्रहरीले आरोपी प्रहरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो भने अदालतमा उनका विरुद्धमा मुद्दा दायर गरिएको थियो । घटना भएको एक बर्षभन्दा बढी समयपछि अहिले मात्रै सो मुद्दामाथि अदालतले फैसला गरेको हो ।

प्रहरी अधिकारीले पाएको अधिकारको दुरुपयोग गरेको र अति दर्दनाक तरिकाले हत्या गरेको कारणले उनलाई २२ बर्ष ६ महिना जेल सजाय तोकिएको अदालतले जनाएको छ ।

चौभिनले ४८ वर्षीय फ्लोयडलाई नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो । चौभिनलाई अब जीवनभर हतियार राख्न अनुमति दिन नमिल्ने कुरा समेत फैसलामा उल्लेख गरिएको जनाइएको छ ।

अदालतको फैसलाप्रति फ्लोयडका परिवारजनले सन्तुष्टि व्यक्त गर्दै राहत महसुस गरिएको प्रतिक्रिया दिएका छन् । सुनुवाईका क्रममा फ्लोयडका भाइ टेरेन्स फ्लोयडले चौभिनलाई ४० वर्षको सजाय हुनुपर्ने माग गरेका थिए । अदालतले भने झण्डै आधा मात्रै सजाय तोकेको हो ।

प्रतिक्रिया दिनुहोस