मोरङ । प्रदेश १ सरकारले स्वास्थ्य क्षेत्रलाई मुल प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बिहीबारको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
प्रदेश सरकारले ल्याउने चौथो नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता भन्ने मुल नारासहित आर्थिक वर्ष २०७८–०७९ मा प्रदेश मातहतका सबै अस्पतालहरूको गुरुयोजना तयार पारिएको छ ।