२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्ध जयन्तीसँगै ती महामहिमहरूको सम्झना

अ+ अ-

आज भन्दा २५६५ वर्ष अघि वैशाख पूर्णिमा (५६३ अप्रिल) का दिन नेपालको लुम्बिनी कपिलवस्तुमा जन्मनु भएका सिद्धार्थ गौतम नै बोधी (समय, लोभ, दोष, मोह, अविधा, तृष्णा, आत्माङ्मा, विश्वास आदि सब गायब भएर जाने बुद्धबाट पाएको ज्ञान) प्राप्त बुद्ध, बौद्ध धर्मका प्रवर्द्धक विश्व शान्तिका अग्रदूत, भगवान् बुद्ध र हाम्रो राष्ट्रिय विभूति हुनुहुन्छ ।

संसारमा आफ्नो भन्नू केही छैन, हरेकमा दुःख(जन्म, रोग, बुढोपन, मृत्यु, आफन्तजनबाट टाढा, चाहेको चिज नपाउनु, नचाहेको बस्तुमा बाध्यता आदि) सत्य हो, दुःखको जड र कारण छन् जो(तृष्णा, चाहना, आशक्ति, अविधा आदि) भनेको मान्छे आफै हो, सो दुःख निवारण(तृष्णा, चाहना आदिबाट मुक्ति मार्गको साक्षात्कार) गर्न सकिन्छ । दुःखको निवारण मार्ग ‘आर्य अष्टाङ्गिक'(शीलको जगमा रहेर ध्यानद्वारा समाधि पुष्ट गर्दै पज्ञा उत्पन्न गराउन) अवलम्बन गर्न सकेमा दुःखबाट सदाका लागि मुक्ति (बुद्ध धर्मको अन्तिम लक्ष्य) पाउन सकिन्छ ।

यस्ता महामानव तात्कालिक वैदिककालका २ धार्मिकवाद (क) ब्राह्मणवाद(गृहस्थी जीवन बिताउने, वेदमा विश्वास गर्ने, वैदिक विधि अनुसार जप, दान, होम अनुष्ठान गर्ने तर होममार्फत पशुवलिको सुरुवात र दान मार्फत पुरोहितहरू लोभ लालचमा फसी धर्मको त्रास देखाएर बढी दान लिने, वर्णाश्रम व्यवस्थालाई बढवा दिई फस्टाएको कारण विकल्पमा जन्मेको(ख) स्रमणवाद (जो ब्रह्मचारी पालन गर्थे तर गृहस्थी स्विकार्दैनथे जसलाई बुद्धले प्रश्रय दिए र ‘धम्य-विनय'(बुद्धको शिक्षाका नियम) मार्फत ज्ञान दिएका थिए । यही नै पछि संसारभर बौद्ध धर्मको प्रचारप्रसार र ‘त्रिपिटक’को रूपमा धार्मिक ग्रन्थको विकास हुँदै आएको छ । यिनै भगवान् गौतम बुद्धको जन्मस्थल पनि बेला बेलामा हराउने, विवादमा आउने गरेको पाइन्छ ।

उनको मृत्यु लगत्तै जन्मस्थान लुम्बिनीलाई आध्यात्मिक ज्ञान स्थल बनाइयो र मठ(मन्दिर, चैत्य जस्ता संरचना निर्माणसमेत गरेर श्रद्धालुहरूको आकर्षण बढाइयो । तर इसापुर्व २४९ मा आउँदा जन्मस्थान हराउन खोज्यो वा स्थायित्वको लागि सम्राट् अशोकले ‘हिद बुधे जाते शाक्यमु नीति'(यहाँ शाक्य मुनी बुद्ध जन्मनु भएको हो) एक शिलालेखसहितको स्तम्भ गाडे । सो कुरा चिनिया यात्रीहरू सन् चौथो शताब्दीमा सेङ्साइ, पाँचौँ शताब्दीमा फहियानको र अझ प्रस्टसँग सातौँ शताब्दीमा आएका हुयेन साङ्ग(बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेको, त्यहाँ ठुलो वृक्ष, अशोक स्तम्भ, चैत्य, पोखरी रहेको) को यात्रा वृत्तान्तमा उल्लेख छ ।

बिचमा सन् १३१२ मा मात्रै खस राजा रिपु मल्लले लुम्बिनीको भ्रमण गरी अशोक स्तम्भमा ‘चिर जयन्तु’ भनेर लेखेको बाहेक सन् १८९६ सम्म यो स्थलको अत्तोपत्तो पाइँदैन । जब खड्ग शमशेर राणा १८९६ मा पाल्पा धपाइए तब लुम्बिनीको सुनौला ढोका खुले र उनैले भारतीय अङ्ग्रेजसँग सहकार्य गरेर(पछि केशर शमशेरलेसमेत) अनुसन्धान र उत्खनन थालेपछि(अङ्ग्रेज एलोइस फुहरर, भारतीय पी‍.सी. मुखर्जी र पछि श्रीमती देवला मित्राको सहयोगमा) र अशोक स्तम्भ पत्ता लागेपछि नै आधुनिक लुम्बिनीको बहस र विकास सुरुआत भयो ।

सन् १९६७ मा यूएनओका महासचिव उ थान्तको लुम्बिनी भ्रमण त कोशेढुङ्गा नै साबित भयो र सन् १९७५ मा लुम्बिनी विकास समिति गठन, १९८५ मा लुम्बिनी विकास कोष, १९९७ मा लुम्बिनीलाई यूएनइएससीओले विश्व सम्पदा सूचीमा सूचीकृत गरेपछि भगवान् बुद्ध जन्मस्थल लुम्बिनी विश्वमा धार्मिक तथा पर्यटकीय गन्तव्य स्थान बन्न पुगेको छ ।

हामीले पनि नेपालका दुई पर्यटन हब जोड्न, प्रचारप्रसार गर्न र विश्वभरि सकारात्मक सन्देश दिन नै निजामती कर्मचारी प्रथम सगरमाथा आरोहण अभियान, २०११ अन्तर्गत रही मितिको हिसाबले २०६८ ज्येष्ठ ४ गते(१८ मे २०११) तिथिका हिसाबले वैशाख पुर्णिामा बुद्ध जन्मेकै दिन परेको थियो । सगरमाथाको चुचुरो चुमेर लुम्बिनीको माटो चुचुरोमा चढाएका थियौँ भने चुचुरोको ढुङ्गाको टुक्रा ल्याएर पछि लुम्बिनी लगेर चढाएका थियौँ ।

वास्तवमा यदि सम्राट् अशोकको स्तम्भ, चिनियाँ यात्रीहरूको बयान, खस राजा रिपु मल्लको लेख र खड्ग शमशेर राणाले उत्खनन बेलैमा नगरेको भए बुद्ध जन्मस्थल भारतीय दाबी अनुसार यूएनओले नेपाललाई मान्यता नदिन सक्थ्यो । त्यसैले वहाँहरूको देन यहाँनेर अविस्मरणीय र महत्त्वपूर्ण छ । आजको दिनमा भगवान् बुद्ध सँगसँगै ती महामहिमहरूमा पनि हार्दिक सम्झना सहित जय लुम्बिनी !

प्रतिक्रिया दिनुहोस