जसपाका सांसदलाई काठमाडौँ आउन निर्देशन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

जसपाका सांसदलाई काठमाडौँ आउन निर्देशन


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


काठमाडौँ । जिल्लामा रहेका आफ्ना सांसदलाई काठमाडौँ आउन जनता समाजवादी पार्टीले निर्देशन दिएको छ।

२७ गतेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदको विशेष अधिवशेन आह्वान भएको अवस्थामा काठमाडौँमै बस्न भनिएको हो।

दिनदिनै कोरोना संक्रमण बढ्दै गएको अवस्थामा २७ गते सदनमा उपस्थित हुन समस्या हुने भएकाले बाहिर जिल्लामा रहेकालाई आएर सुरक्षित बस्न भनिएको जसपाले जनाएको छ।

त्यस्तै काठमाडौँमा रहेकाहरुलाई पनि बाहिर नजान भनिएको अध्यक्ष महन्थ ठाकुरको सचिवालयले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस