हेटौडा । मकवानपुरमा आइतबार मध्यरातिबाट निषेधाज्ञा लागू हुने भएको छ ।
जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा आइतबार राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय हेटौँडाका अनुसार हेटौडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू हुने छ ।
यी क्षेत्रमा अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कन पाइने छैन भने अत्यावश्यक उपभोग्य वस्तु बिहान ५ बजेदेखि ९ बजेसम्म खरिद बिक्री गर्न पाइनेछ ।