सेती अस्पतालमा तीन जना कोरोना सङ्क्रमितको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सेती अस्पतालमा तीन जना कोरोना सङ्क्रमितको मृत्यु


१७ बैशाख २०७८, शुक्रबार


कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा धनगढी उपमहानगरपालिका–८ का ४५ वर्षीया पुरुष, लम्किचुहा नगरपालिकाका ४३ वर्षीया पुरुष र बर्दगोरीया गाउँपालिका– ५ का ४० वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै अस्पतालको प्रयोगशालामा ३६६ को नमूना परीक्षण गर्दा १०४ मा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । अस्पतालमा ५७ कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेका छन् । त्यसमध्ये नौ जना सघन उपचारकक्ष, तीन जना भेन्टिलेटरमा र ३५ जना अक्सिजन सपोर्टमा उपचाररत रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस