कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने १० स्वास्थ्य सामग्रीमा कर छुट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने १० स्वास्थ्य सामग्रीमा कर छुट


प्रशासन संवाददाता

१६ बैशाख २०७८, बिहिबार


काठमाडौँ। सरकारले अक्सिजन सिलिन्डरलगायतका १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट दिने निर्णय गरेको छ ।

१३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोरोना सङ्क्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीमा छुट दिइएको हो ।

अक्सिजनसहित १० प्रकारको सामग्रीको पैठारीमा लाग्ने भन्सार, मूल्य अभिवृद्धि कर, तथा अन्त शुल्कसमेत छुट दिने निर्णय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस