२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक वनले एक हजार ४०० भवनलाई क्वारेन्टिनका लागि दिने

अ+ अ-

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन)ले कोरोना सङ्क्रमण महामारी नियन्त्रणका लागि देशभरका एक हजार ४०० भन्दाबढी सामुदायिक भवनलाई क्वारेन्टिन भवनका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ ।

महासङ्घका अध्यक्ष भारती पाठकको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले वर्तमान विषम परिस्थितिमा फेकोफनका सम्पूर्ण तहगत संरचनाका साथै देशभरका उपभोक्ता समूहले सरकारले घोषणा गरेका मापदण्ड कडाइका साथ कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले सामाजिक दूरी कायम गर्न सचेतना कार्यक्रम तथा अभियान सञ्चालन गर्ने, गरीब विपन्न, दैनिक ज्यालादारी गरेर खाने वर्गका लागि स्थानीय सरकारसँगको समन्वयमा खाद्यान्न तथा सरसफाइको सामग्री सहयोग गर्ने, स्थानीय विपद् व्यवस्थापन कोषमा नगद सहयोग गर्ने जस्ता अभियान चलाउने निर्णय गरेको छ ।

कुनै पनि विपद्मा सहयोग गर्दा अशक्त महिला, गरीब, वृद्ध, दलित, आदिवासी तथा पछाडि पारिएका वर्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरी आफ्ना सबै संरचना परिचालन गरेसमेत निर्णय भएको सचिव ठाकुर भण्डारीले जानकारी दिए ।

कोरोनाको महामारी पुनःबढेका कारण जनजीवन प्रभावित भएको ठहर गर्दै महासङ्घले यसका विरुद्धमा लड्न र सङ्कटमा सरकार र जनतालाई साथ दिन सामुदायिक वन र महासङ्घले सशक्त भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ ।

महासङ्घले सङ्घीय वन नियमावली तत्काल बनाउन पनि सरकारसँग माग गरेको छ । वैज्ञानिक वन मार्गदर्शन २०७१ खारेज गरेकामा सरकारलाई धन्यवाद दिँदै फेकोफनले वनको दिगो व्यवस्थापनको मापदण्ड बनाई तत्काल कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

बैठकले अहिले पनि विभिन्न ठाउँमा वन पैदावार कटान, उपयोग तथा बिक्रीवितरणमा लगाइएको प्रतिबन्ध हटाउन र तेहरो कर खारेज गर्नसमेत माग गरेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सामुदायिक वनलाई प्राथमिकता दिन माग गर्दै महासङ्घले आर्थिक समृद्धिका लागि फलफूल, घाँस, जडीबुटी, वन्यजन्य खाद्य, गैरकाष्ठ र काष्ठजन्य बिरुवा रोपी वृक्षरोपण अभियान वर्ष सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस