काठमाडौँ । वर्षा र सहकालको देवता सेतो मच्छिन्द्रनाथको रथ यात्रा मंगलवार तीनधारा पाठशालाबाट सुरु भएको छ ।
तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रा रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइएको छ । मंगलवार रथलाई असनमै राखिनेछ भने बुधवार रथलाई हनुमानढोका पुर्याइने रथ यात्रा व्यवस्थापन समितिका सदस्य विनोद तुलाधरले जानकारी दिए । सो रथयात्रा बिहीबार लगन पुर्याउने कार्यक्रम छ ।
सांस्कृतिक बाजागाजासहित गुर्जुको पल्टनले सम्मान दिएपछि रथयात्रा सुरु भएको हो । रथयात्रामा विभिन्न उमेर समूहका मानिसको सहभागिता थियो ।
मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ‘शिव शक्ति’ र बौद्ध धर्मावलम्बीले ‘लोकेश्वर’का रुपमा आस्था प्रकट गर्दछन् ।