२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकामा डोजर सञ्चालनमा रोक

अ+ अ-

काठमाडौँ । वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकाले नगर क्षेत्रभित्र डोजर सञ्चालमा रोक लगाएको छ ।

नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले वायु प्रदूषणका साथै कोरोना सङ्क्रमणसमेत बढेको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि नगर क्षेत्रभित्र डोजर सञ्चालन गरी जग्गा प्लटिङलगायतका कार्य गर्न रोक लगाएको हो ।

त्यसैगरी एक सातासम्म रातको समयबाहेक अन्य समयमा ठूला मालबाहक सवारी साधन पनि चलाउन रोक लगाइएको नगर प्रमुख बस्नेतले जानकारी दिए ।

मालबाहक ठूला सवारी साधन साँझ ७ देखि बिहान ५ बजेसम्म सञ्चालन हुन् पाउने छन् । नगरपालिकाले कार्यपालिकाको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सबै वडा कार्यालयलाई निर्देशनसमेत दिएको छ । नगरपालिकाले उक्त निर्णय कार्यान्वयनका लागि महानगरीय प्रहरी वृत्त स्वयम्भूलाई पनि अनुरोध गरेको छ ।

वायु प्रदूषण बढेपछि सरकारले चार दिनका लागि शिक्षण संस्था बन्द गरेको छ । शुक्रबारसम्मका लागि शैक्षिक संस्था बन्द गरिएका छन् । वायु प्रदूषणका कारण जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।

गत शुक्रबारदेखि धुम्लिएको काठमाडौँ उपत्यकाको आकाश अझै खुल्न सकेको छैन । मौसमविद्ले ठूलो हावाहुरी र पानी नपरेसम्म वायुमण्डलमा सुधार नआउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस