आख्यानकार ढकाललाई हृदयचन्द्रसिंह सम्मान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आख्यानकार ढकाललाई हृदयचन्द्रसिंह सम्मान


प्रशासन संवाददाता

२० चैत्र २०७३, आइतबार


काठमाडौँ । साहित्य सदन नेपालले यस वर्षको ‘हृदयचन्द्रसिंह स्मृति सम्मान’ आख्यानकार नारायण ढकाललाई प्रदान गरेको छ ।

वरिष्ठ प्रगतिवादी समालोचक निनु चापागाईंले सो सम्मान ढकाललाई प्रदान गरेका हुन् । सम्मानित स्रष्टा ढकालले हृदयचन्द्रसिंहकै पाठशालाको माक्र्सवादी वैचारिकताअनुसार सामाजिक रूपान्तरण अभियान र साहित्यिक आन्दोलनमा आफू क्रियाशील रहेको बताए । ढकालका ‘शहरयन्त्र’, ‘इरफान अलि’, ‘बहिर्गमन’, ‘आत्महन्ता’, नारायण ढकालका कथा’लगायत कथासङ्ग्रह र ‘पीत संवाद’, ‘दुर्भिक्ष’, ‘प्रेतकल्प’, ‘वृषभको बध’, उपन्यास प्रकाशित छन् । उहाँलाई १० हजार र सम्मान पत्रसहित सम्मान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस