२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्य सूचना र तथ्याङ्कले विकासको मार्गचित्र कोर्न सहयोग पुग्नेछ : प्रा.डा. कँडेल

अ+ अ-

ललितपुर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले सत्य सूचना र तथ्याङ्कले विकासको मार्गचित्र कोर्न सहयोग पुग्ने बताएका छन्।

यहाँ आज भएको राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत ‘प्रदेश र जिल्ला जनगणना अधिकारी तथा सहायक जनगणना अधिकारीको तालीम’ कार्यक्रममा उनले तथ्यमा आधारित सूचना सङ्कलन गर्न आवश्यक रहँदा गम्भीरतापूर्ण आआफ्ना जिम्मेवारी बहन गर्न सबैमा आग्रह गरे । प्रा. डा. कँडेलले हाल मुलुकभर भौतिक पूर्वाधारको सुगमता रहँदा हरेक वडाका साथै स्थानीय स्तरबाट समेत गणकलाई सो काममा सहयोग मिल्ने विश्वास लिइएको बताए।

आयोगका सदस्य डा. रामकुमार फुयाँलले लोककल्याणकारी समाज निर्माणका लागि वास्तविक तथ्याङ्कको अभावमा मुलुकलाई बाधा पर्ने भएकाले कसरी गणकलाई बुझाएर यथार्थ अवस्थालाई बाहिर ल्याउने भन्नेतर्फ जोड दिन सबैमा आग्रह गरे ।

केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नविनलाल श्रेष्ठले जनगणनाले आगामी १० वर्षसम्म नयाँ इतिहास रच्ने भएकाले यसलाई ठुलो अवसरका रूपमा लिई तथ्यमा आधारित तथ्याङ्क खोज्नका लागि सहजीकरण गर्न सुझाव दिए । विभागका उपमहानिर्देशक हेमराज रेग्मीले मुलुककै सर्वाधिक ठुलो जनगणना भएकाले इमानदारीपूर्वक काममा लाग्न अनुरोध गरे।

विभागले सार्वजनिक गरेको विज्ञप्तिअनुसार दुई चरणमा जनगणना अघि बढाइने छ । पहिलो आउँदो वैशाख २६ देखि जेठ १४ गतेसम्म सुपरिवेक्षकद्वारा प्रत्येक घरपरिवारमा पुगी ‘घर तथा घरपरिवार सूचीकरण फारम’मार्फत घर र घर सम्बन्धित विवरण, परिवार सदस्य सङ्ख्या अनि कृषि सम्बन्धित विवरण, सरकारी अनुदानमा आवासीय घर निर्माण, परिवारका सदस्यको बैङ्क खाता, प्राविधिक तथा व्यावसायिक सीप, बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋणको विवरण सङ्कलन गरिनेछ भने दोस्रो चरणमा आगामी जेठ २५ देखि असार ८ गतेसम्म गणकद्वारा प्रत्येक परिवारमा पुगी ‘मुख्य प्रश्नावली फारम’मार्फत घरपरिवार तथा व्यक्तिको जनसाङ्ख्यिक तथा अन्य विवरण सङ्कलन गरिनेछ ।

नेपालमा जनगणना लिने कार्य विसं १९६८ देखि सुरु भएको हो । अब आउँदो नयाँ वर्षमा सुरु गरिने सो जनगणना नेपालको बाह्रौँ तथा देश सङ्घीय संरचनामा गइसके पछिको पहिलो जनगणना हुनेछ ।