२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमीकस क्युरीको राय : पार्टीको झगडामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न मिल्दैन

अ+ अ-

काठमाडौँ । प्रतिनिधसभा विघटनविरुद्धका मुद्दाका एमीकस क्युरीमा रहेका अधिबक्ताले पार्टीभित्रको झगडालाई मुख्य कारण मानेर संसद् विघटन गर्नु बदनियत र असंवैधानिक रहेको राय प्रस्तुत गरेका छन्

प्रतिनिधसभा विघटनविरुद्धका मुद्दाका एमीकस क्युरी वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने रायसहितको निष्कर्ष सुनाएका छन् ।

संवैधानिक इजलासलाई प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा राय दिने क्रममा मंगलबार वरिष्ठ अधिवक्ता कार्कीले प्रतिनिधिसभा विघटनको कारण हेर्दा बदनियत र असंवैधानिक भएको देखिएको बताए । ‘पार्टीभित्रको झगडालाई मुख्य कारण मानेर संसद् विघटन गर्नु असंवैधानिक हो । त्यो आधारमा विघटनको अधिकार प्रयोग गर्ने होइन । त्यो अधिकार प्रयोग गर्न पाइँदैन’, वरिष्ठ अधिवक्ता कार्कीले यो विषयमा आफ्नो प्रष्ट धारणा रहेको बताए । संसद् विघटन हुने संवैधानिक आधार र प्रक्रिया पूरा नभएसम्मका लागि विघटन गर्न नपाइने उनको भनाइ थियो ।

जुन कारण देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेका छन् त्यस आधारमा मिल्छ कि मिल्दैन भन्ने कुराको व्याख्या इजलासले गर्ने भए पनि आफू भने पार्टीको आन्तरिक झगडालाई देखाएर संसद् विघटन गर्न मिल्दैन भन्नेमा क्लियर रहेको वरिष्ठ अधिवक्ता कार्कीले बताए ।

सर्वोच्च अदालतले गर्ने फैसलामा प्रधानमन्त्रीलाई जवाफदेही हुने संविधानले व्यवस्था गरेको थलो पनि देखाउनुपर्ने कार्कीको भनाइ थियो । पार्टीभित्र सचिवालय तथा अन्य निकाय रहेकोमा संविधानले चिनेको प्रधानमन्त्रीलाई जवाफदेही हुने थलोबारे संसद् रहेको उनको भनाइ थियो ।

बहुमतको सरकार रहेको अवस्थामा पार्टीभित्रको कलहका आधारमा प्रतिनिधिसभा विघटन गर्न नपाइने कार्कीको तर्क थियो । कार्यक्षेत्रको आधारमा प्रधानमन्त्री सुप्रिम हो कि संसद् भन्ने इजलासले ब्याख्या गर्नुपर्ने कार्कीले भने ।

विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा एमिकस क्युरीले मंगलबारदेखि राय दिन थालेको हो । जसअनुसार नेपाल बारको रिफारिसमा एमिकस क्युरी चयन भएका वरिष्ठ अधिवक्ता कार्कीले राय दिएका हुन् । बुधबारदेखि बाँकी ४ जनाले क्रमश: राय दिनेछन् ।