काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयमा कार्यरत शिक्षकहरुलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेको छ ।
मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाएको छ ।
शिक्षा तथा मानव स्रोत केन्द्रले कोभिड १९ को खोप लगाउने विषयमा तथ्याङ्क संकलन गरिसकेको थियो ।
कोभिड विरुद्धको खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई गत पुस १० गते नै परिपत्र गरेको थियो ।