२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना संक्रमितको मृत्यु भएपछि त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि कुटपिट

अ+ अ-

काठमाडौँ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियूमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ।

मंगलबार बिहान एक जना ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि उनका आफन्तले आक्रोशित हुँदै डाक्टरमाथि नै कुटपिट गरेको आइसियूमा खटिएका एक चिकित्सकले जानकारी दिए।

अस्पतालले बिरामीको कोरोनाका कारण मृत्यु भएको जनाए पनि आफन्तले त्यो कुरा नस्वीकारेको र ड्युटीमा खटिएको चिकित्सकलाई नै हातपात गरेको ती चिकित्सकले बताए।

‘हामीले इन्फ्लुएन्जा ‘एचवानएनवानु परीक्षण गर्नलाई टेकु पठाएका थियौं। परीक्षण गर्दा नेगेटिभ देखियो तर कोरोना पोजेटिभ देखियो भनेपछि हामीले बिरामीलाई कोभिड वार्डमा सार्यौं’, उनले भने, ‘तर आज मृत्यु भएपछि उहाँका आफन्तले कोरोनाले मृत्यु भएको हैन भन्दै डाक्टरलाई नै लात हान्नुभयो।’

उनले चिकित्सकहरू यस्तो महामारीमा खटिँदा पनि कुटाइ खानुपर्दा यसले मनोबल गिर्ने बताए।

‘रातदिन भनेर खटियो तर यसरी कुटाइ खाइन्छ भने त कसरी काम गर्नेरु यस्तो घटना दुई तीन पटक भइसक्यो। यहीँ ताल हो भने काम गर्न सकिँदैन’, उनले भने।

गुल्मी घर भएका उनलाई तीन दिनअघि बुटवलबाट थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भयो। अहिले मृतकको शव अस्पतालमै राखिएको छ।

बिहानको घटनापछि भने महाराजगञ्ज प्रहरी कार्यालयले चिकित्सकमाथि कुटपिट गर्नेलाई नियन्त्रणमा लिएको छ।