काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ सय १८ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजा ८ सय ३२ पुगेको छ।
हाल देशभर ६ हजार ४ सय २७ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६९ जना क्वारेन्टिनमा छन्।