काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । केहीबेरअघि बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बोलाइएको छ। बैठकमा समसामयिक विषय छलफल हुने बताइएको छ।
यसअघि आजै बिहान संवैधानिक परिषद्को बैठक बोलाइएको थियो । तर सभामुख अग्नि सापकोटाको उपस्थिति नभएपछि बैठक आजै साझ ५ बजे पुनः बस्ने गरी स्थगित भएको थियो ।