गृहमन्त्रीद्वारा गृह जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण शुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गृहमन्त्रीद्वारा गृह जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण शुरु


२९ मंसिर २०७७, सोमबार


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले गृह जिल्ला चितवन पुगेर राष्ट्रिय परिचय पत्रको वितरण शुरु गरेका छन्।

सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमका बिच गृह मन्त्री थापाले परिचयपत्रको वितरण शुरु गरेका हुन् ।

परिचयपत्र वितरणको शुभारम्भ गर्दै मन्त्री थापाले देशको राष्ट्रिय सुरक्षा र हरेक नागरिकको पहिचान स्थापित गर्ने सूचना प्रणालीको विकास गर्न सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको बताएका छन् ।

‘विश्वका धेरै मुलुकहरूले यो सूचना प्रणाली स्थापित गरिसकेका छन्, हाम्रोमा ढिलै भए पनि सुरु भएको छ,’ उनले भने, ‘यसले व्यक्तिको सूचनाको विवरणलाई वैज्ञानिक तवरले व्यवस्थापन गर्नेछ।’

उनले केही वर्षमै सबैलाई राष्ट्रिय परिचयपत्र दिइसक्ने बताए।

गृह सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका निर्देशकसहित गृहमन्त्री थापा गृह जिल्ला पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस