काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५१८१ नमुना परीक्षण गर्दा ८ सय ३० जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १५ सय जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ९८ पुगेको छ।