काठमाडौँ । आज ९ बजे बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ । आवश्यक गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनामात्रै उपस्थिति थियो ।
प्रमुख प्रतिपक्षी दल तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा उपस्थित नभएपछि बैठक अनौपचारिक गफगाफमा परिणत भएको स्रोतले बताएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले यस अघि नै बैठकमा आउन नसक्ने जानकारी दिएका थिए ।
अख्तियार प्रमुखसहित ३ सदस्य, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, वित्त आयोगसहित अन्य आयोगमा पदाधिकारीको पद खाली छ।