काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर १ हजार २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना भाइरसबाट निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ।
हाल देशभर १२ हजार १ सय ४८ जना सक्रिय संक्रमित छन् भने ५ सय १९ जना क्वारेन्टिनमा छन्।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।