बेइजिङद्वारा सन् २०१७ मा कोइला प्रयोगमा ३० प्रतिशत कम गर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बेइजिङद्वारा सन् २०१७ मा कोइला प्रयोगमा ३० प्रतिशत कम गर्ने


११ चैत्र २०७३, शुक्रबार


चीन । यस वर्ष बेइजिङले कोइला प्रयोगमा ३० प्रतिशतले कमी ल्याई वायु प्रदूषण नियन्त्रण प्रयासमा योगदान गर्ने बेइजिङ म्युनिसिपल कमिसनको सहर व्यवस्थापन समितिले जनाएको छ ।

बेइजिङले यस वर्ष कोइला प्रयोगलाई ७० लाख टनभित्र ल्याउने कमिसनले जनाएको छ ।

बेइजिङले कम गुणस्तरको कोइलालाई शुद्ध कोइलाको प्रयोग र हाल प्रयोग हुँदै आएको कोइलालाई विभिन्न उपायद्वारा घटाइने आयोगका उपप्रमुख वेन झोङले बताए ।

बेइजिङको कोइला प्रयोगलाई नियन्त्रण गर्न साङसी प्रान्तबाट बेइजिङ प्राकृतिक ग्यास ल्याइने गरी निर्माण कार्य जारी रहेको उनले बताए । ग्यास लाइन निर्माण कार्य आगामी अक्टोबरको अन्त्यसम्म पूरा हुने चाईले बताए ।

स्थानीय अधिकारीले यस वर्षको सुरुमा दुई अर्ब ६० करोड अमेरिकी डलरको वायु प्रदूषण नियन्त्रण योजनाको घोषणा गरेको थियो । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस