चीनका रक्षामन्त्री आज नेपाल आउँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

चीनका रक्षामन्त्री आज नेपाल आउँदै


१४ मंसिर २०७७, आइतबार


काठमाडौँ। चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छन् ।

उनी आाइतबार काठमाडौँ आइपुग्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।

त्यस्तै उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग पनि द्विपक्षीय भेटवार्ता हुने छ ।

फेङ्ही आजै स्वदेश फर्किने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस