दशककै उत्कृष्ट एसोसिएट क्रिकेटरको मनोनयनमा पारस खड्का « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दशककै उत्कृष्ट एसोसिएट क्रिकेटरको मनोनयनमा पारस खड्का


९ मंसिर २०७७, मंगलबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का ‘आइसिसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मंगलबार सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का शतकको उत्कृष्ट क्रिकेटरमध्ये एसोसिएट विधाको मनोनयनमा परेका हुन्।

राष्ट्रिय टिमका पारससँगै सूचीमा स्टकल्यान्डका रिची बेरिनटन, नेदरल्यान्ड्सका पिटर बोरेन, स्कटल्यान्डका केल कोइजर, स्कटल्यान्डकै कोलम म्याकलियोड र पपुवा एन्ड न्युगिनीका असद भाला परेका छन्।

आइसिसीले विश्व क्रिकेटका पुरुष तथा महिला खेलाडीलाई सम्मान गर्न विभिन्न विधामा अवार्ड दिँदै आएको छ।

गत वर्ष पारसले नेपाली टिमको कप्तानी छाडेका थिए। पारसले सन् २००९ को एसीसी टी-२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका थिए। उनले तत्कालिक कप्तान विनोद दासको स्थानमा कप्तानी गर्ने अवसर पाएका थिए।

२२ वर्षको उमेरमा कप्तानीको जिम्मेवारी पाएका पारस नेपाली क्रिकेटका सफल कप्तान हुन्। उनको नेतृत्वमा नेपालले डिभिजन-५ देखि एकदिवसीय टिम र टी-२० टिमको मान्यता पायो।

सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपको नेपालको नेतृत्व गरेका पारसले नेपालका लागि एकदिवसीय र टी-२० शतक हान्ने रेकर्ड बनाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस