ऊर्जा मन्त्री पुन स्युचाटारमा ! « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ऊर्जा मन्त्री पुन स्युचाटारमा !


२९ कार्तिक २०७७, शनिबार


काठमाडौँ । विद्युत् मागबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन शनिवार नेपाल विद्युत् प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र ९एलडिसी० पुगेका छन्।

मन्त्री पुनलाई भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले देशभरको विद्युत् उत्पादन र वितरणको अवस्थाबारे अवगत गराएका छन्।

विद्युतको माग बढी हुने समयमा माग र आपूर्तिको सन्तुलन नखल्बलियोस भन्नका लागि आफैँ एलडिसीमा उपस्थित भएको मन्त्री पुनको भनाई छ ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले व्यवस्थित योजनासहित माग र आपूर्तिको व्यवस्थापन गरिएकाले कतै बत्ती नजाने भन्दै ढुक्कले उज्यालोमा तिहार मनाउन देशवासीलाई अपिल गरेका छन्।

प्राधिकरणका देशभरका उत्पादन, वितरण र प्रसारण केन्द्रका प्रमुखहरूलाई तिहारको अवधिमा कार्यालय नछाड्न परिपत्र गरिसकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस