२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव

अ+ अ-

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका हाटस्थित इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

इलाका प्रशासन कार्यालयमा भदौ देखि शाखा अधिकृत नभएपछि नेपाली नागरिकताको प्रमाणपत्र, सिफारिसलगायतका सबै काम रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

एकजना शाखा अधिकृत, दुईजना नायब सुब्बा, एकजना सहलेखापाल, एकजना सहायक कम्प्युटर अपरेटर र दुईजना कार्यालय सहयोगीको दरबन्दी रहेको इलाका प्रशासन कार्यालयमा अहिले एकजना नायब सुब्बा र एकजना कार्यालय सहयोगी मात्रै रहेका छन् । २०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालयमा पटकपटक कर्मचारी अभावले सेवा प्रभावित हुँदै आएको छ ।

‘इलाका प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र, नाबालिग प्रमाण पत्र र सिफारिस दिने गरेको थियो । तर कर्मचारीको अभाव ती सेवाहरु रोकिएका छन् ,’सहायक प्रमुख जिल्ला अधिकारी नेगीले भने, ‘हामीले इलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव भएको विषयमा गृहमन्त्रालयमा पत्राचार गरिसकेका छौँ । तर,अहिलेसम्म कर्मचारी पठाएको छैन् ।’

नगरपालिकाभित्रैको कार्यालयमा कर्मचारीको अभाव हुँदा पुर्चौंडीबासीहरुले सदरमुकाम धाउनु परेको उनले गुनासो गरे ।