काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत एक जना प्रहरी हवल्दारविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग ४ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रहरी हवल्दार शिवचन्द्र साहानीविरुद्ध मंगलबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
अनुसन्धानको क्रममा प्रहरी हवल्दार साहानीले जातीय विभेद सम्बन्धी मुद्दामा सहजीकरण गरिदिए बापत उक्त रकम घुस लिएको पाइएको उनले बताए ।