काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमितको सङ्ख्या ४ करोड २४ लाख भन्दा बढी पुगेको छ । ओर्ल्डोमिटरले दिएको जानकारी अनुसार शनिवार बिहानसम्म विश्वभर सङ्क्रमितको सङ्ख्या ४ करोड २४ लाख ९७ हजार ३ सय ७९ पुगेको छ ।
अमेरिकामा मात्रै ८७ लाख ४७ हजार भन्दा बढी सङ्क्रमित भएका छन् । २ लाख २९ हजार बढीले ज्यान गुमाइसकेका छन् । यस्तै भारतमा ७८ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख १७ हजार पुगेको छ ।
विश्वभर कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ लाख ४९ हजार भन्दा बढी रहेको छ ।
हालसम्म ३ करोड १४ लाख बढीले कोरोना सङ्क्रमण जितेका छन् ।
गत डिसेम्बर अन्तिमदेखि चीनको वुहानबाट फैलिएको कोरोनाबाट चीनमा भने हालसम्म ९१ हजार १०८ जना सङ्क्रमित भइसकेका छन्। चीनमा शुक्रवार थप २८ सङ्क्रमित भेटिएका थिए।
सङ्क्रमितमध्ये चीनमा ४ हजार ७३९ ले ज्यान गुमाइसकेका छन्। त्यस्तै ८५ हजार ९५० निको भइसकेका छन्।