खुकुलो लकडाउन भएरपनि संक्रमणमुक्त भएकाहरुको संख्या भारतमा धेरै : मोदी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

खुकुलो लकडाउन भएरपनि संक्रमणमुक्त भएकाहरुको संख्या भारतमा धेरै : मोदी


४ कार्तिक २०७७, मंगलबार


नयाँ दिल्ली । लचिलो लकडाउन भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको संख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

उनले भारतमा औसतमा ८८ प्रतिशत संक्रमितहरु संक्रमणमुक्त भएको सोमबार जानकारी दिए ।

लकडाउन लचिलो भएर पनि संक्रमणमुक्त हुनेहरुको यो संख्या विश्वमै एक मात्र र पहिलो देश भारत भएको उनको दावी छ ।

ग्रान्ड च्यालेन्ज एनुयल मिटिङलाई भिडियोमार्फत् सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘भारतको आकार, विविधता र मात्रा देखेर विश्व सँधै लोभिएको छ ।’

‘हाम्रो जनसंख्या अमेरिकाको भन्दा झण्डै झण्डै चार गुणा बढी छ, हाम्रा धेरै राज्यहरु युरोप र एसियाका देशभन्दा बढी प्रदुषित छन्, तर पनि हाम्रोमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या अत्यन्त कम छ,’ उनले थपे ।

प्रधानमन्त्री मोदीले भारतमा सङ्क्रमितहरुको संख्या दिनप्रति दिन घट्दै गइरहेको र सङ्क्रमणमुक्त भएकाहरुका संख्या पनि उच्च रहेको बताए ।

उनले भने, ‘यति धेरै जनसङ्ख्या भएको मुलुकमा लकडाउन लचिलो बनाउँदा समेत सङ्क्रमित भएकाहरुको संख्या निकै कम रहेको छ । यस्तो अवस्था विश्वको सायद कुनै पनि देशमा छैन ।’

मास्कको प्रयोगका लागि प्रेरित गर्ने मुलुकमा पनि भारत सवैभन्दा अगाडि रहेको प्रधानमन्त्री मोदीले दावी गरे ।

‘हामीले काम रोकेका छैनौ, खोपका लागि पनि प्रयास भइरहेको छ, अरु पनि धेरै उपायहरु हामीले अवलम्बन गरेका छौँ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस