तिमीलाई पक्कै एकदिन तकदिरमै बाँधेर
पर्ख ! लिन आउनेछु म कफन शिरमै बाँधेर
ए ! दुनियाँ तैले मलाई जुन् कैद हाल्छस् हाल
मन पञ्क्षी कहाँ बाँधिन्छ र जन्जीरमै बाँधेर
छैनभने भर जिन्दगीको डरपनि छैन मृत्युको
एकथूङ्गो आशा राखिदिएँ तारे भीरमै बाँधेर
दुबैआँखा चिम्म गर्नु अनि महसुस गर्नु प्रिया
यो प्यारको खुश्वु पठाउँदैछु समीरमै बाँधेर