लोक सेवाका स्थगित सम्पूर्ण पदपूर्ति फुकुवा गर्ने सरकारको निर्णय « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

लोक सेवाका स्थगित सम्पूर्ण पदपूर्ति फुकुवा गर्ने सरकारको निर्णय


१५ आश्विन २०७७, बिहिबार


काठमाडौँ । सरकारले निजामती सेवाका विभिन्न सेवा र श्रेणीका स्थगित गरिएका सम्पूर्ण पदपूर्ति प्रक्रिया फुकुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोगबाट भएको विज्ञापन अनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका, पदपूर्तिका लागि विज्ञापन आव्हान गर्न बाँकी रहेका र नियमित विज्ञापनको सम्पूर्ण पदपूर्ति सम्बन्धी व्यवस्था फुकुवा गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार : लोक सेवा खुलाउने सामान्यको प्रस्ताव मन्त्रिपरिषदमा

यसअघि वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को कारण देखाउँदै निजामती सेवाको नयाँ पदपूर्तिको प्रक्रिया अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

हेर्नुस् भिडियो:

 

Tags :
प्रतिक्रिया दिनुहोस