२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 चुनाव रोक्न माग गर्दै मधेसी निजामती कर्मचारी मञ्च सर्वोच्चमा

अ+ अ-

काठमाडौँ । नेपाल मधेसी निजामती कर्मचारी मञ्चले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको चुनाव रोक्न सर्वोच्चमा मुद्धा दर्ता गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, श्रम विभाग र निजामती कर्मचारीहरूको आधिकारीक ट्रेड युनियन, प्रमुख निर्वाचन अधिकृतको कार्यालयविरुद्ध मञ्चले मुद्धा दर्ता गरेको हो ।

मञ्चले थ्रेस होल्ड १० प्रतिशतबाट झारेर तीन प्रतिशत कायम गर्नुपर्ने, स्वास्थ्य सेवा समूह र स्थानीय तहका कर्मचारीलाई मतदानबाट वञ्चित गराउन नहुने, संघीय कानूनन नै नबनिसकेको अवस्थामा चुनाव हुन नसक्ने र कोरोना संक्रमणका कारण प्रचार प्रसार गर्न अफ्ठेरो हुने भएकोले सरकारले असोज २४ गतेलाई तोकेको निर्वाचन रोक्न मुद्धा दर्ता गरेको हो । सर्वोच्चका मुख्य रजिष्टारको तोक आदेशमा दर्ता भएको रिट ६ गते मंगलबारलाई तोकिएको छ ।

डबल थ्रेस होल्ड हामीलाई प्रतिकुल भयो, यो हटाउने र कोभिड–१९ का कारणले चुनाव प्रचार प्रसारमा असर पर्ने भएकोले रोक्न भनेर सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गरेर अदालत गएको मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले बताए । यता प्रमुख निर्वाचन अधिकृतको कार्यालयले चुनावी तयारीलाई तीव्रता दिएको छ ।

देशैभर स्थापित एक सय सात वटा निर्वाचन अधिकृतको कार्यालयबाट चुनावका लागि आवश्यक सबै तयारीहरू पुरा गरिसकेको छ भने निर्वाचन आयोगले निर्वाचन सञ्चालन गर्न मतपेटिका र सिलसमेत उपलब्ध गराउन ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयहरूलाई पत्राचारसमेत गरिसकेको छ ।