महोत्तरीमा पिकप र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महोत्तरीमा पिकप र मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु


प्रशासन संवाददाता

४ आश्विन २०७७, आइतबार


बर्दिबास । महोत्तरीको बर्दिबास–६ किसानगरमा पिकप र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार स्थानीय देव बहादुर खपाङ्गी र प्रमोद रामको मृत्यु भएको हो ।

विपरीत दिशाबाट आइरहेको पिकप र मोटरसाइकल शनिबार साँझ दुर्घटना परेको हो। मोटरसाइकमा सवार तीन जना मध्य चालक प्रमोद र अर्का देवबहादुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईले जानकारी दिए।

दुर्घटनमा परेर गम्भीर घाइते भएका उनीहरुको धनुषास्थित लालगढ मोडेल हस्पिटलमा उपचार गर्न लगिएको थियो। त्यहाँ प्राथमिक उपचार गरी थप उपचारका लागि प्रमोदलाई धरान र देवबहादुरलाई काठमाण्डौं पठाइएको थियो।

प्रमोदको धरानमा र देवबहादुरको बाटोमै मृत्यु भएको डीएसपी चापागाईले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस