दुई पक्षबीच झडप हुँदा प्रहरीद्वारा ७ राउण्ड अश्रु ग्यास प्रहार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दुई पक्षबीच झडप हुँदा प्रहरीद्वारा ७ राउण्ड अश्रु ग्यास प्रहार


२७ भाद्र २०७७, शनिबार


 

जनकपुर । जनकपुरमा दुई पक्षबीच झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुई पक्षबीच शनिबार झडप भएपछि प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मुस्लिमहरूको मोहरम्म पर्व सम्बन्धमा सामाजिक सञ्जालमा भएको टिप्पणी विषयमा दुबै पक्षबीच भएको झडप उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्नु परेको प्रहरी अधिकारीले जनाएका छन् ।

देवपुरा रुपैठा नजिकै रहेको फुलगामा चौकीबाट सई नेतृत्वको टोलीले स्थिति नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घटनास्थलमा पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस