काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा खुकुलो पारिएपछि ‘सञ्चालन गर्न पाइने क्रियाकलाप’अन्तर्गत बुँदा नम्बर १४ सच्याएको छ।
बुधबार जारी निषेधाज्ञामा ‘विदेश जाने व्यक्तिहरूलाई आवतजावतमा सहजीकरण गर्न सकिनेछ, साथै यसका लागि भिसा सहजीकरण गर्ने निकायहरू(भिसा प्रोसेसिङ सेन्टर) सञ्चालन गर्न पाइनेछ’ हुनुपर्नेमा अन्यथा लेखिएको भन्दै काठमाडौं प्रशासनले बिहीबार सूचना जारी जानकारी दिएको हो।








