२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुल्ने

अ+ अ-

मकवानपुर । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले हेटौंडामा बिहान ५ देखि दिउँसो ३ बजेसम्म पसल खुलाउने निर्णय गरेको छ ।

बैठकले बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दूग्धजन्य पदार्थका पसल र बिहान १० देखि दिउँसो ३ बजेसम्म अन्य पसल गरी दुई चरणमा पसल खुलाउने निर्णय गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपकराज नेपालले जानकारी दिए ।

उनका अनुसार उक्त बैठकले यही भदौं २६ गते शुक्रवारदेखि असोज ५ गतेसम्म लागुू हुनेगरी सो निर्णय गरेको हो । त्यस्तै, प्रशासनले बैंक तथा वित्तीय संस्था भने बिहान १० बजेदेखि ३ बजेसम्म खुलाउने, निजी सवारीलाई जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । बैठकले होटल, रेष्टुरेन्ट, लज एवम् रिसोर्टबाट खाजा तथा खाना प्याकिङ बाहेकका अन्य सेवा पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।