काठमाडौँ । सरकारले नेपाल प्रशासन सेवाका दुई सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र झापाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) उदयबहादुर राना मगरलाई परराष्ट्र मन्त्रालय अन्तर्गत सरुवा गरिएको हो ।
हङकङ र ल्हासा महावाणिज्यदुतावासमा दूत बनाई पठाउन ती दुई सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो ।
सम्बन्धित समाचार : महावाणिज्यदूतका लागि दुई सहसचिवको नामावली पठाइँदै
स्रोतका अनुसार ल्हासामा ढकाल र हङकङमा राना मगरलाई पठाइन लागेको छ। सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने गरी परराष्ट्रले प्रस्ताव लैजाने छ ।