२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अछाम बाढी : ११ जना अझै बेपत्ता

अ+ अ-

डोटी । अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् ।

बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डिएसपी योगेन्द्रसिंह थापाले बताए।

सो बाढीपहिरामा बगेर छ जनाको मृत्यु भएको थियो । मृत्यु भएका छ जनाको शव फेला परी पहिचान भइसकेको छ । बाढीले बगाएर मृत्यु हुनेहरुमा रामारोसन गाउँपालिका–५ बस्ने वर्ष १५ को नवीन साउद, वर्ष ३३ की गौरी शाह, वर्ष २२ की बबिता बुढाऐर, वर्ष ४५ का अमर शाह, वर्ष ४५ की लालसर शाही तथा वर्ष ४८ का चन्द्र साउद रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार सो खोलाको बाढीमा परी बगेर बेपत्ता हुनेहरुमा रामारोसन गाउँपालिका–५ बस्ने वर्ष ४७ का नन्दु साउद, वर्ष ४५ का गङ्गा साउद, वर्ष १७ का रुपेश साउद, वर्ष छ का प्राकृति साउद, वर्ष ५५ को जोगा साउद, वर्ष ४५ का अम्मर शाह, वर्ष ४० का पवित्रादेवी शाह, वर्ष चारका समिर शाह, वर्ष ३५ की सम्झना शाह, वर्ष ४५ का वासु साउद, वर्ष ४५ का लालसरा शाही, वर्ष आठका बसन्ती शाही रहेका छन् । बेपत्ता भएकाहरुमध्ये दुई जनाको नाम नखुलेको प्रहरीले जनाएको छ ।

खोलाले बगाएर बेपत्ता भएका थप ११ जनाको खोजी कार्यका लागि आज शनिबार पनि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली खटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । त्यसैगरी गृहमन्त्री रामबहादुर थापासहितको टोलीले कैलाश खोलाको बाढी प्रभावित क्षेत्रको शुक्रबार स्थलगत निरीक्षण गरेका थिए। बाढीले वेपत्ता भएका व्यक्तिहरुका परिवारसँग उक्त टोलीले भेटघाट गरेको थियो । निरीक्षणका क्रममा ग्रहमनत्री थापाले पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। टोलीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान तथा गृहमन्त्री मन्त्री डा भीम रावलसहित रहेका थिए।

राति पसल तथा घरमा सुतिरहेको अवस्थामा अचानक बाढी आउादा उनीहरु सबै बगेर बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बगेर बेपत्ता भएकाहरुको खोजी कार्यका लागि बुधबार दिउसोदेखि नेपाली सेनाको एआइ १७ नामक हेलीकप्टर परिचालन भएको थियो । कैलाश खोलामा आएको बाढीले सैनीबजारमा रहेका ३० वटा पसल, एक जीप, पाँच चौँपायासहित १७ जना नागरिक बगाएको थियो । खोलामा अहिलेसम्म पनि बाढी भएका कारण शव खोजी कार्य गर्न समस्या भएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।