२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर आजदेखि महानगरपालिका

अ+ अ-

चितवन । भरतपुर उपमहानगरपालिका चितवन र नारायणी नगरपालिका एवम् कविलास गाविस मिलाएर शुक्रवारदेखि भरतपुर महानगरपालिका बनेको छ ।

काठमाडौँपछि ललितपुर, पोखरा र भरतपुर महानगरपालिका बनेका हुन् । भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालका अनुसार आज उपमहानगरपालिका र वडाहरुमा महानगरपालिकाका सूचनापाटी राखिएको छ भने आइतबारदेखि महानगरपालिकाका ‘लेटरप्याड’ र ‘स्ट्याम्प’ चल्ने छन् ।

भरतपुर महानरपालिकामा २९ वडा रहनेछन् । यसअघि उपमहानगरपालिकामा पनि २९ वटै वडा थिए । नगरपालिका र गाविस समायोजन गरेर वडाको सङ्ख्या नबढाइएको कार्यकारी अधिकृत बरालले बताए ।

भरतपुर महानरपालिकाभित्र जिल्लाका अधिकांश सरकारी कार्यालय पर्छन् । जिल्लास्थित भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि यसैमा पर्छन् । त्यसै गरी दुई ठूला मेडिकल कलेज र कृषि तथा वन विज्ञान विश्वविद्यालय जस्ता राष्ट्रिय महत्व बोकेका शिक्षण संस्था पनि रहेका छन् ।

महानगरपालिका बनेसँगै भरतपुरवासीमा खुसी छाएको छ । भमपाले आज साँझ घर घरमा दीप प्रज्वलन गरी खुसियाली मनाउन आग्रह गरेको छ । तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुख देवी ज्ञवालीले समयको आवश्यकतानुसार चितवनको विकास र समृद्धिका लागि महानगरपालिका बनेको बताउँदै राष्ट्रमा चितवनलाई चिनाउन भमपा सार्थक हुने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस