काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिबार ४ सय ६८ नयाँ कोरोना संक्रमित थपिएका छन्।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ।
शनिबार काठमाडौँका ८०, ललितपुरका ९, भक्तपुरका ९, धनुषाका २७, काभ्रेपलाञ्चोकका ९, रामेछापका ३, मोरङका ६५, सप्तरीका २, सिरहका ५, सुनसरीका १९, तेह्रथुमका १, बझाङका १ र डडेल्धुराका १, चितवनका ९, बाँकेका ११, बर्दियाका १४ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै दोलखाका ५, उदयपुरका २, कपिलवस्तुका ३२, नवलपरासी पूर्वका २, बाराका २, पर्साका २४, खोटाङका ६, रसुवाका १, सर्लाही ५४, कास्कीका ११, दैलेखका ३, सुर्खेतका ५, गुल्मीका १, रुपन्देहीका २, महोत्तरीका ९, बाग्लुङका २, गोरखाका १, स्याङ्जाका १, तनहुँका २, दाङका ११, सिन्धुलीका १, मकवानपुरका २१ र रौतहटका ४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयल जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय २४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।







