काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतले जानकारी दिएको छ ।
लामो समयदेखि नेकपाभित्र विवाद सिर्जना भएको छ । पर्टीभित्रका आन्तरिक गतिविधिमा उतारचढाव आएपछि पार्टीमा आन्तरिक विवाद सिर्जना भइरहेको छ । स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागे पछि विवाद झन् बढेको छ । उक्त विवाद समाधानका लागि दुबै अध्यक्ष वार्तामा बसिरहेका छन् । यस अघि पनि अध्यक्षद्वयबीच पटक पटक वार्ता भएको थियो । तर सहमती भने हुन सकिरहेको छैन ।