१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना सङ्क्रमणलाई अवसरका रुपमा लिएर देश विकास गरौँ : महामन्त्री कोइराला

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई अवसरको रुपमा लिएर देशको विकास गर्नुपर्ने बताएका छन् ।

सुशील कोइराला मेमोरियल फाउण्डेशनले कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८१ औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘अन्वेषण यात्रा’ विषयक जुम कार्यक्रममा उनले कोभिड–१९ का कारण स्वदेश फर्केका युवालाई कृषि क्षेत्रमा लगाएर देशको विकास गर्नुपर्ने बताएबा हुन् ।

‘कोभिड–१९ लाई अवसरको रुपमा बदल्नका लागि स्वदेश फर्केका युवालाई कृषिमा जोडेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ’, उनले भने । कांग्रेसले मुलुकको सम्भावनालाई हेरेर विकासको खाका बनाउनुपर्नेमा उनले जोड दिए । महामन्त्री कोइरालाले वीपी कोइरालाले देखेको जनप्रतिनिधिद्वारा निर्माण गरिने संविधानको सपना स्व सुशील कोइराला नेतृत्वको सरकारले पूरा गरेको बताउँदै नैतिकताको राजनीतिमा विश्वास गर्ने सुशील कोइरालामा सादा जिवन, उच्च विचार रहेको थियो भने ।

फाउण्डेशनका अध्यक्षसमेत रहेका महामन्त्री कोइरालाले व्यक्तिभन्दा पार्टीलाई प्राथमिकतामा राख्ने स्व कोइराला भ्रष्टाचारविरोधी नेताका रुपमा आफूलाई स्थापित गरेको बताए ।

कार्यक्रममा प्राडा जयराज आचार्यले मूल्य, मान्यता र सिद्धान्तको राजनीतिमा विश्वास गर्ने स्व कोइराला सरल र सादगी नेता भएको उल्लेख गर्दै वीपी कोइरालाले देखाएको बाटोलाई सधै पछ्याउने स्व कोइरालाले संविधान निर्माण गरेर वीपीको सपनालाई पूरा गरेको बताए ।

पछिल्लो समय कांग्रेसभित्र मूल्य मान्यता र सिद्धान्त हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले पार्टीभित्र सिद्धान्तभन्दा पनि पैसा भएका व्यक्ति हावी हुँदै गएको धारणा व्यक्त गरे ।

फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले फाउण्डेशनले आगामी दिनमा ‘अन्वेषण यात्रा’लाई निरन्तर रुपमा अगाडि बढाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस