नेपालगञ्जमा समुदायस्तरमै फैलियो कोरोना, वडाध्यक्ष र अधिकृतमा पनि संक्रमण पुष्टि « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपालगञ्जमा समुदायस्तरमै फैलियो कोरोना, वडाध्यक्ष र अधिकृतमा पनि संक्रमण पुष्टि


१९ श्रावण २०७७, सोमबार


नेपालगञ्ज । नेपालगञ्जमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ । जिल्ला अदालत, नेपाली सेना, आन्तरिक राजश्व कार्यालयका अधिकृतहरुलाई कोरोना देखा परिसकेको छ ।

भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नेपालगञ्जका एक वडाध्यक्ष र नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृतलाई पनि कोरोना पुष्टि भएको हो । उनीहरुको साउन १६ गते नेपालगञ्ज उपमहानगरपालिकामा स्वाब लिइएको थियो ।

कोरोना देखिएका वडाध्यक्षलाई केही दिनदेखि ज्वरो आइरहेको थियो । अधिकृतलाई कुनै लक्षण देखिएको थिएन । कोरोना पुष्टि भएपछि दुवैजनालाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको छ ।

प्रहरी, जिल्ला कारागारका थुनुवा, प्रहरी कार्यालयका थुनुवा, आर्मी अस्पतालका नेपाली सेनालाई कोरोना देखिसकेको छ । योसँगै मिठाई पसलमा काम गर्ने, आन्तरिक राजश्व र अदालतका अरु कर्मचारी, कामको खोजी त्रिभुवनचोक आउने मजदुरलगायतलाई कोरोना देखिएपछि बाँकेमा आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

बाँकेमा ४ सय ४६ जनामा कोरोना देखिएको छ भने, ३ सय ८८ जना डिस्चार्ज भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस