२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रदेश सरकारका योजनाहरु प्रभावकारी र नतिजामुखी छन्’

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका तथा प्रदेशको बजेटबाट सञ्चालन भएका योजना प्रभावकारी एवं नतिजामुखी भएको बताएका छन् ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकाका विभिन्न योजना अनुगमन गर्दै मुख्यमन्त्री पौडेलले थाहानगरमा समेत प्रदेश सरकारको योजना अनुरुप नै कार्य सञ्चालन भएको पाइएको भन्दै खुशी व्यक्त गरे ।

प्रदेश प्रमुख विष्णु प्रसाईसहित थाहा पुगेका पौडेलले थाहानगरका थाहा स्मारक पार्क, शीतभण्डार, बसपार्क, आँखा उपचार केन्द्र लगायतको अवलोकन गरेका थिए।

अवलोकनका क्रममा उनले थाहानगर पर्यटकीय नगर भएकाले पर्यटन प्रवद्र्धनका लागि थाहा स्मारक उद्यानले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पर्यटन प्रवद्र्धनमा नगरपालिकाले प्रभावकारी योजना सञ्चालन गरेको र यसलाई पूर्णता दिन आफ्ना तर्फबाट सहयोग हुने भन्दै उद्यान परिसरमा सञ्चालनको अन्तिम तयारीमा रहेको ‘कोशेली घर’लाई तत्काल सञ्चालन गर्न अनुरोध गरे ।

मुख्यमन्त्री पौडेलले प्रदेशको सहयोगमा वडा नं ४ थानाबजारमा निर्माण थालिएको बसपार्कको अनुगमन गर्दै ‘बसपार्क निर्माण एप्रोज’ अरूका लागि सिकाइको केन्द्र भएको धारणा राखे ।