२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एडिबीले सुदूरका चार शहरमा आधुनिक सडक बनाउँदै

अ+ अ-

महेन्द्रनगर । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सरकारले सुदूरपश्चिम प्रदेशका चार वटा स्थानीय तहका मुख्य शहरमा आधुनिक सडक निर्माणको काम शुरु गर्दैछ । सन् २०१५ मा यहाँबाट छनौट गरिएको कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सडक स्तरोन्नति र ढल व्यवस्थापनका साथै फोहरमैला प्रशोधन केन्द्रको निर्माण हुन लागेको हो ।

क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वय एकाइका उपव्यवस्थापक श्यामचन्द्र बुढाथोकीले चारवटै शहरमा सडक र ढल, साइकल लेन, फुटपाथलगायत संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको जानकारी दिए । “फोहरमैला प्रशोधन निर्माणको काम भने जग्गा नपाउँदा केही ढिलाइ हुने भएको छ”, उनले भने, “सडक, ढल र केही ठाउँमा र्सौर्य बत्तीलगायतको काम भने तत्काल शुरु हुँदैछ ।” आयोजनाअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरका पाँच गल्लीको सडक स्तरोन्नति, ढल निर्माणका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मूलगेटसम्म नमूना सडक, सौर्य बत्ती जडान हुनेछन् ।

“शुक्लाफाँटाको गेटसम्म नमूना मार्ग बनाउन सौर्य बत्ती र पैदल मार्गलगायत संरचना बन्नेछन्”, उनले भने, “त्यसका लागि रु ८७ करोडमा ठेक्का सम्झौता भइसकेको छ ।” महेन्द्रनगरमा निर्माण हुने साढे १४ किलोमिटर सडकका लागि जेडआइइसी–लामा जेभीसित ठेक्का सम्झौता भइसकेको छ ।

निर्माणका लागि दुई वर्षको समयावधि तोकिएको छ । आयोजनाअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजार, नगरपालिकासम्मको सडक, नाली निर्माणका लागि रु २४ करोड रमक–केएस जेभीसित सम्झौता भएको छ । त्यसमा झण्डै पाँच किलोमिटर सडक र आठ किलोमिटर नाली तथा फुटपाथ निर्माण हुनेछ । उक्त निर्माण कम्पनीलाई २० महिनाको समय तोकिएको छ ।

त्यसैगरी कैलालीको गोदावरी नगरपालिकामा आयोजनाअन्तर्गत अन्यत्र झैँ सडक निर्माण, ढल र फुटपाथ निर्माण हुँदैछ । साढे १६ किलोमिटर सडक निर्माण र अन्य संरचनाका लागि नगरपालिकामा रु ४८ करोडको ठेक्का सम्झौता भएको छ । उक्त काम दुई वर्षभित्र पूरा गर्ने गरी कालिका कन्स्ट्रक्सनले जिम्मा पाएको आयोजनाले जनाएको छ ।

त्यसैगरी साढे १० किलोमिटर सडक तथा नाली निर्माणका लागि धनगढी उपमहानगरपालिकामा रु ७७ करोडको ठेक्का भइसकेको उपव्यवस्थापक बुढाथोकीले बताए । “यहाँ सबै आयोजनाले शहरी विकास नाम दिएर सडक स्तरोन्नति र ढलको समस्या समाधान तथा सुन्दर शहर निर्माणलाई प्राथमिकता दिइएको छ”, उनले भने, “अब चाँडै कामले तीव्रता पाउनेछ ।”

त्यसैगरी धनगढी र भीमदत्त नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि जग्गाको टुङ्गा लगाइसकेका छन् भने गोदावरी र शुक्लाफाँटामा जग्गा प्राप्तिको प्रक्रियामा रहेको उनले बताए। “जग्गा नपाउँदा पनि केही समय ढिलाइ हुन पुग्यो”, बुढाथोकीले भने, “शुक्लाफाँटा र गोदावरीले सामुदायिक वनको जग्गामा प्रशोधन केन्द्र बनाउने भनेर अगाडि बढेका छन् ।” रासस